पत्रकार अजयवावु सिवाकोटीेलाई १ हजार अमेरिकी डलर राशिको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

डिसी नेपाल
२१ असोज २०७६ १२:१३

वाशिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालबाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका  अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।

यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।

नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरू विरलै प्रकाशित भएको भन्दै ईन्जाले सम्मान गर्न चाहेको र यस्ता समाचार कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्‍याउनेछ भन्ने विश्वास राख्दै शिवाकोटीलाई वर्षको पुरस्कार प्रदान गरिने ईन्जाले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *