जर्मनीको हेलमा गोली चल्यो, २ जनाको मृत्यु
बर्लिन (रासस/एएफपी) । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाएको छ।
प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएका र उनीहरुको खोजी कार्य तिब्र बनाइएको जनाएको छ। हेल नगरको रेलवे स्टेसन बन्द गरिएको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ।
उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन। बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ।
यहुदीको समाधिस्थलतर्फ एउटा हाते ग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment