नेपालविरुद्ध अस्ट्रेलियाको पहिलो हाफमा नै तीन गोलको अग्रता
काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको छ ।
खेलको छैटौँ मिनेटमा नै जेमी म्याकलेरनले अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाए । म्याकलेरनले नै १९औं मिनेटमा अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले २३औं मिनेटमा गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई अझ बलियो बनाए।
सन् २०२२ मा कतारमा हुने विश्वकपको एसिया छनौट अन्तरगत समूह ‘बी’ मा रहेको नेपालले हालसम्मका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment