स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना

डिसी नेपाल
२३ असोज २०७६ १६:२३

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ।

हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको जनाएको छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *