१८ तस्वीरमा हेर्नुहोस् कलाकारहरुको दशैँ

डिसी नेपाल
२४ असोज २०७६ १६:२२

काठमाडौं । आज दशैँको चौंथो दिन । देशभरका नेपालीहरु दशैँ धुमधामका साथ मनाइरहेका छन् ।

यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैँलाई रमाइलो गरि मनाएका छन् । कतिपय कलाकारहरुले कारणवश यो वर्ष दशैँ नमनाएपनि धेरै कलाकारहरुले यस वर्षको दशैँका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

हाँस्य कलाकार हरिवंश आचार्यले मदन कृष्ण श्रेष्ठको हातबाट दशैँको टीका लगाएका छन् । त्यस्तै महानायक राजेश हमाल हरेक वर्ष दशैँको दोस्रो दिन मात्रै टीका लगाउँछन् । दशैँको दिन आमाको श्राद्ध पर्ने भएकाले उनी त्यो दिन टीका लगाउँदैनन् । उनले दशैँको दोस्रो दिन टीका लगाएका छन् ।

अभिनेता अनमोल केसीले बुवा भुवन केसीको हातबाट टीका लगाएका छन् । त्यस्तै दीपकराज गिरीले परिवारसँगै दशैँ मनाएका छन्, भने दीपाश्री निरौलाले पनि पारिवारिक जमघटमा दशैँ मनाएकी छिन् ।

अभिनेता विराज भट्टले आमाको हातको टीका लगाउँदै गरेको तस्वीर सेयर गरेका छन् ।

नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयूष्मान देशराजसँग टीका थाप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । अभिनेता तथा सामाजिक अभियन्ता सीताराम कट्टेलले परिवारिक जमघटमा दशैँ मनाएका छन् ।

त्यस्तै निखिल उप्रेती, रेखा थापा, रमेश उप्रेती, साम्राज्ञी आरएल शाह, पूजा शर्मा, केकी अधिकारी, जितु नेपाल, वर्षा राउत, आँचल शर्मा, दिवाकर भट्टराईलगायतले पनि पारिवारिक जमघटमा दशैँ मनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *