१० तस्बिरमा हेर्नुहोस् एनआरएनएको निर्वाचन स्थलको रौनकता

डिसी नेपाल
२९ असोज २०७६ १२:२७

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमार्फत ४२ जना पदाधिकारी निर्वाचित हुँदैछन्। निर्वाचनको माहौलले होटल हायातको माहौल तातेको छ ।

निर्वाचनको समय नजिकिँदै गर्दा होटल हायातको ग्राउन्मा एनआरएनका प्रतिनिधिहरु आ-आफ्नो समुहमा छलफल गरिरहेका छन् । निर्वाचन आयोगको समय तालिका अनुसार आज दिँउसो ३ बजेबाट ८ बजेसम्म मतदान सुरु हुने जनाएको छ ।

निर्वाचनमा ४९ मुलुकका २६ सय प्रतिनिधिमण्डलले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन्। तर अहिलेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छैन।

एनआरएनएको नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *