मुख्य न्याधिवक्ता झालाई अमेरिकाको एटलान्टामा स्वागत तथा सम्मान
एटलान्टा । प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झालाई अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरले आयोजना गरेको विशेष कार्यक्रममा जोर्जियाबासी नेपालीहरुले झालाई स्वागत तथा सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा अमिर नेपालले स्वागत मन्तव्य दिएका थिए भने पर्यटनदुत राजा घलेले खादा ओढ़ाई सम्मान गरेका थिए। छोटो समयमा कार्यक्रम तर्जुमा गर्नुपर्ने भएकोले धेरैको अनुपस्थिति नहुँदा पनि नेपालका तराईबासीहरुको बाक्लो जमघट भएको थियो । उनीहरुले आफ्नो प्रदेशका मुख्य न्यायधिवक्तालाई साक्षात्कार भेट र अन्तरक्रिया गर्न पाउदा निकै खुशी भएको बताए।

त्यसै गरि झाले पनि प्रदेश सरकार २ ले नमुना रुपमा धेरै कार्यक्रमहरु गर्दै आएको बताउदै भने, “थोरै समयमा नेपालीहरुलाई भेट्न पाउदा नेपालमानै भएको महुस भयो”। उक्त कार्यक्रम जोर्जियाबासी संजय घरको निवासमा भएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment