भारतमा चोरी पैठारी गरी नेपाल ल्याइँदै गरेका ४० राँगा नियन्त्रणमा

डिसी नेपाल
६ कार्तिक २०७६ ७:४३

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो।

भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिए ।

नियन्त्रणमा लिइएका राँगाको बजार मूल्य करीब रु आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित (बेल्ही) भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

हतियार र मदिरा बरामद

सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल मङ्गलबार बरामद गरेको छ।

सशस्त्र प्रहरी बल (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले जाँचका क्रममा लोड गरिएको सिक्सर पेस्तोल बरामद गरेको हो।

प्रहरीका अनुसार बोराभित्र लुकाएर राखेको ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको दुई राउण्ड गोली र २८ थान कस्तुरी नामक मदिरासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अनुसार नेपालबाट भारततर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्कर मदिरासमेत छाडेर भागेका थिए।

तस्कर मोटरसाइकल छाडेर भागेपछि जाँच गर्ने क्रममा २८ थान कस्तुरी मदिरा तथा कस्तुरी मदिराको बीचमा राखिएको हतियार फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *