संसारभर नेताहरुविरुद्ध किन भइरहेको छ प्रदर्शन?

डिसी नेपाल
६ कार्तिक २०७६ २२:५९

नयाँ दिल्ली (बीबीसी) । हालको हप्तमा इराकदेखि लेबनान र स्पेनदेखि चिलीसम्म सार्वजनिक विरोध प्रदर्शन भए। यी सबै प्रदर्शनका कारण र लक्ष्य फरक फरक छन्, तर केही समानाता पनि छन् जसले यी प्रदर्शनहरुलाई एकसाथ जोड्छन्।

एकअर्कादेखि हजारौं माइल दूरी भएपछि विभिन्न देशहरुमा यी प्रदर्शनका कारणहरु लगभग एक जस्तै छन्। र एकले अर्कोलाई प्रेरित पनि गरेका छन्– कसरी आफ्नो प्रदर्शनलाई व्यवस्थित चलाउन र आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नेछ।

यहाँ हामी यहाँ केही मुद्दाहरु केलाउँदै छौं, जो सडकहरुमा उत्रिने प्रदर्शनकारीलाई एक–अर्कासँग जोड्न छन्।

गैर बराबरी
प्रदर्शनकारीहरु मध्ये कैयौं यस्ता छन्, जसले लामो सयमसम्म महसूस गरेकी उनीहरु देशको आर्थिक व्यवस्थाबाट लगभग बाहिर राखिएको छ। केही मामिलामा महत्वपूर्ण सेवाको मुल्यमा भएको वृद्धिको सीमा सहन गर्ने सीमाभन्दा माथि गएको छ।

इक्वाडरमा यसै महिना त्योबेला विरोध प्रदर्शन शुरु भयो, जब सरकारले इन्धनमा दिइएको अनुदान समाप्त गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौताका कारण यस्तो अनुदान बन्द गर्नुपरेको सरकारले जनाएको थियो।

यसकारण पेट्रोलको मुल्यमा नाटकीय रुपले वृद्धि भयो र कैयौं मानिसहरुले पेट्रोलको मुल्य क्रयशक्तिभन्दा माथि भएको बताएका थिए।

देशमा सक्रिय विभिन्न समूहहरुले पेट्रोलको मुल्य बढेको कारण सार्वजनिक यातायातमा मुल्य बढेको र यसले ग्रामीण मानिस धेरै प्रभावित हुने बताएका छन्।

प्रर्दशनकारीहरुले राजमार्ग बन्द गरे, संसदमा आक्रमण गरे र सुरक्षाकर्मीसँग उनीहरुको भिडन्त भयो। उनीहरुले सरकारी अनुदान फेरि शुरु गर्न र सरकारी खर्च कटौती नगर्न माग गरेका छन्। केही दिनसम्म भएको प्रदर्शनपछि सकार झुक्यो र विरोध प्रदर्शन रोकियो।

चिलीमा प्रदर्शन
यातायात भाडामा गरिएको वृद्धिका कारण चिलीमा पनि प्रदर्शन भयो। सरकारले इन्धनको मुल्यमा वृद्धि मुद्रा कमजोर भएको कारण देखाउँदै बस र मेट्रोको भाडामा वृद्धि गरेको थियो। तर प्रदर्शनकारीहरुले गरिबलाई चुस्ने नयाँ तरिका भएको बताएका छन्।

शुक्रबार जब प्रर्दशनकारी सुरक्षाकर्मीसँग भिडे त्यो बेला राष्ट्रपति सेबेस्टियन पाइनिराको एक तस्वीर आयो जसमा उनी एक उच्चस्तरीय रेष्टूरेण्टमा खाना खाइरहेका थिए।

केही मानिसहरुल्े यसलाई चिलीमा राजनीतिक कुलिनहरु र सडकमा रहेका आम मानिसहरुबीचको अन्तरको प्रतिक भएको बताए।

चिली दक्षिणी अमेरिकी देशहरु मध्ये सबैभन्दा धनी देश हो। तर असमनता पनि उच्च स्तरमा छ। किनकी यहाँ आर्थिक सहयोग र विकास संगठनमा सहभागी देशहरुमा सहभागी ३६ देश मध्ये आयमा असमानता सबैभन्दा धेरै छ।

इक्वाडरको जस्तै चिली सरकारले पनि विरोध प्रदर्शन समाप्त गर्नका लागि बढेको मुल्य फिर्ता लियो । तर विरोध जारी छ र अब त्यो व्यापक मुद्दा समेटिरहेको छ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘यहाँ मेट्रोको भाडा बढेको विरोधमा प्रदर्शन भएको हाइनकी यहाँको अत्याचार विरुद्ध कैयौं वर्षदेखिको मानिसहरुको आक्रोश पोखिएको हो।’

लेबनानमा पनि यसै प्रकारको दंगा देखियो। जहाँ व्हाट्एप कलिंग कर लगाएको विरोधमा प्रदर्शन शुरु भयो। जो आर्थिक समस्या, असमानता र भ्रष्टाचार विरुद्ध ठूलो विरोध प्रदर्शनमा परिणत भयो।

यहाँ ऋण बढ्दै जाँदा, अन्तर्राष्ट्रिय दाता एजेन्सीहरुसँग आर्थिक सहयोग लिनका लागि सरकारले आर्थिक सुधार लागु गर्न शुरु गरेको छ। तर, आम मानिसहरु देशको आर्थिक नीतिका कारण नराम्रो अवस्थामा पुगेको र उनीहरुको समस्याका लागि सरकारको कुप्रबन्धन जिम्मेवार रहेको विश्वास गर्छन्।
बेरुतका एक प्रदर्शनकारी अब्दुल्लाने भने, ‘हामी यहाँ व्हाट्सएपका लागि होइन, तर हामी इन्धन, खाना, रोटी सबै चिजका लागि छौं।’

भ्रष्टाचार
यी फरक फरक प्रर्दशनको केन्दंमा सरकारी भ्रष्टाचार र असमानातासँग सिधा सम्बन्ध छ।

लेबनानका प्रदर्शनकारीहरुले आफूहरु आर्थिक संकटबाट पीडित भएको र देशका नेताहरु सम्पन्न बन्नका लागि पदको दुरुपयोगमा लागेको बताउँछन्। प्रदर्शनकारी मध्ये एक ५० वर्षीय व्यक्तिले भने, ‘मैले यहाँ धेरै कुरा देखेँ तर, यति भ्रष्ट सरकार कहिल्यै देखेन।’

सरकारले गएको सोमबार नयाँ सुधार लागु गरेको थियो, जसमा राजनेताहरुको तलबमा कटौतीको प्रावधान पनि थियो। किनकी मानिसहरुलाई शान्त बनाउन सकियोस्।

इराकमा मानिसहरु मौजूदा राजनीतिक व्यवस्था समाप्त गर्न चाहन्छन्, किनकी यसले उनीहरुलाई निराश गरेको छ। यहाँ विवाद मध्ये एक मुख्य कारण सरकारी नियुक्ति हो। जो योग्यताको सट्टा जातीय वा साम्प्रदायिक आरक्षणका आधारमा गरिन्छ।

प्रदर्शनकारीहरुले यो व्यवस्थाले नेताहरुलाई सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न छुट दिएको र यसै कारण उनीहरुले आफ्ना मान्छेहरुलाई मात्र लाभ पुर्याएको बताउँछन्। जबकी आम मानिसहरुले कुनै लाभ पाउन सकेका छैनन्।

इजिप्टमा भनि कथित सरकारी भ्रष्टाचार विरुद्ध प्रदर्शन शुरु भए। सेप्टेम्बरमा यहाँ स्पेनमा स्वनिर्वासनमा रहेका व्यापारी मोहम्मद अलीले अपील गरेपछि प्रदर्शन शुरु भयो। उनले राष्ट्रपति अब्देल फतहब अल सीसी र सेनामाथि भ्रष्टाचारको आरोप लगाए।

राजनीतिक स्वतन्त्रता
केही देशहरुमा प्रदर्शन त्यो राजनीतिक व्यवस्था विरुद्ध थियो जसमा मानिसहरु आफुलाई फसेको अनुभव गर्छन्।

गएको गृष्ममा हङ्कङमा एक विधेयकका विरुद्ध प्रदर्शन भयो। जसमा संदिग्भ अपराधीहरुलाई चीन स्थानान्तरित गर्ने प्रावधान थियो।
हङ्कङ चीनको हिस्सा हो। तर, मानिसहरुलाई विशेष स्वतन्त्रता छ। तर, अब बेइजिङले उनीहरुमाथि नियन्त्रण बढाउन चाहेको डर बढिरहेको छ।
चिली र लेबनानको विरोध प्रदर्शनपछि जस्तै हङ्कङमा व्यापक विरोधपछि विवादास्पद विधेयक फिर्ता भयो ।

तर, विरोध प्रदर्शन जारी छ। उनीहरुले अभिव्यक्ति स्वतन्त्रता, प्रहरीको अत्याचार विरुद्ध छानविन र पक्राउ परेका मानिसहरुलाई आम माफी दिएर रिहा गर्नुपर्ने माग गरेका छन्।

उनीहरुको रणनीतिले संसारका लगभग सबै राजनीतिक कार्यकर्ताहरुलाई प्रभावित गरेको छ। जेलमा क्याटेलोनिया पृथकतावादी नेताका विरुद्ध बार्सिलोनामा हजारौं मानिसहरुले प्रदर्शन गरे। पृथकतावादीहरुलाई यसै वर्ष १४ अक्टूबरमा राजद्रोहको आरोपहरुमा उनीहरुको भूमिकाका लागि सजाय सुनाइएको थियो, जसलाई स्पेनको एक अदालतले अवैध घोषित गरेको थियो र क्याटेलोनियालाई स्वतन्त्र घोषणा गरेको थियो।

जलवायु परिवर्तन

जति प्रर्दशनका बारेमा तपाई सुन्नु हुन्छ, निश्चित रुपमा ती सबैको सम्बन्ध पर्यावरण र जलवायु परिवर्तनसँग हुन्छ। एक्सटिंक्शन (पृथ्वीको संकटको विरुद्ध) विद्रोही आन्दोलनसँग जोडिएका कार्यकर्ता पूरा संसारका शहरहरुमा प्रदर्शन गरिरहेका छन्। उनीहरुको माग छ सरकारहरुले यो विषयमा तुरुन्त कारबाही गर्नुपर्छ।

अमेरिका, बेलायत, जर्मनी, स्पेन, अस्ट्रिया, फ्रान्स र न्यूजील्याण्डमा प्रदर्शन भएका छन्।

स्वीडेनकी एक १६ वर्षीय कार्यकर्ता ग्रेटा थनबर्गबाट प्रेरित भएर संसारभर मानिसहरुले साप्ताहिक विद्यालय हड्तालमा सहभागी बनेका छन्। गएको महिना छात्राहरुको अगुवाईमा वैश्विक पर्यावरणीय हडतालमा लाखौं मानिसहरुले सहभागिता जनाएका थिए ।

मेलबर्नदेखि मुम्बई, बर्लिन र न्यूर्योकसम्म र्याली भए जबकी केही मानिसहरुले प्रशान्त टापु समूहमा पनि प्रदर्शन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *