अब काठमाडौंका सडक देखेर आक्रोश पोख्नुपर्ने छैन : मन्त्री महासेठ

डिसी नेपाल
९ कार्तिक २०७६ १७:३८

काठमडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकाश निर्माणको कामलाई तिब्रता दिएको बताएका छन्।

शनिवार रिपोटर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले अबको केहि महिना पछि सरकारको कामको परीणाम देखिने बताए। जनताले मेलम्ची खानेपानी आयोजना, उपत्यका भित्रको सडकका विषयलाई लिएर आक्रोश पोख्ने दिन अब नआउने पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्री महासेठले पूर्व–पश्चिम रेलमार्ग निर्माण र काठमाडौं–केरुङ रेलमार्गमा पनि काम भइरहेको बताए। नेपाललाई चीन र भारत दुबै तर्फबाट रेलको संजालले जोडने आयोजनाको काम प्रक्रियागत रुपमा धेरै अगाडी बढेको बताए। कुनै पनि काम लक्ष्य भन्दा बाहिर नभएको मन्त्री महासेठले बताए।

कार्यक्रममा बोल्दै मन्त्री महासेठले विकाश निमार्णमा ढिला सुस्ती गर्ने जो कोहि पनि कारबाहिमा पर्ने बताए।

एक फरक प्रसंगमा मन्त्री महासेठले तत्काल मन्त्रिमण्डमा फेरबदल नआउने बताए। हरेक दिन पत्रपत्रिका सरकारमा मन्त्रिमण्डलको फेरबदल हुने भनेर समाचार आए पनि त्यसको कुनै संकेत आफुले नपाएको पनि बताउनु भयो ।

मन्त्रीमण्डल फेरबदल गर्ने प्रधानमन्त्रीको अधिकार भएकोले प्रधानमन्त्रीले नचाहँदासम्म केहि नहुने बताए। मन्त्रिमण्डलको फेरबदलको समाचारहरुमा परिवर्तन हुनसक्ने मन्त्री भनेर पहिलो नम्बरमा भने मन्त्री महासेठको नाम आउने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *