तिहारसँगै काठमाडौँमा फूलको व्यापार फस्टायो (फोटो फिचर)

डिसी नेपाल
१० कार्तिक २०७६ १२:२३

काठमाडौँ । नेपालीहरुको दोस्रो महानपर्व यमपञ्चक अर्थात तिहार सुरु भएको छ । शुक्रबार साँझबाट यमपञ्चक सुरु भएपनि शनिबार काग तिहार तथा आज आईतबार बिहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा परेको छ ।

यसै गरी भोलि सोमबार गोबर्धन पूजा हुनेछ भने मंगलबार भाईटिका परेको छ । तिहारको रौनक सुरु भएसँगै काठमाडौँ उपत्यका लगाएत देशभरका शहरमा फूलको ब्यापार पनि ह्वात्तै बढेको छ । पछिल्लो समय अधिकांश मानिस शहरमा बस्ने र घर घरमा फूल नलगाउने नभएकाले पनि फुलको व्यापार बढेको हो ।

तिहासँगै काठमाडौँको कालिमाटी, बल्खु, कलंकी कोटोश्वर, गोंगबु, नयाँ बानेश्वर लगाएतका ठाउँमा फूलको ब्यापार फस्टाएको छ भने माला किन्नेको भीड नै लागेको छ । हाम्रा फोटो जर्नालिस्ट आर्यन धिमालले खिचेका केही तस्बिर ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *