‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य
काठमाडौं। द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य गरेकी छन्।
फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी हुन्। अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ।

पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन्। भिडियोमा अभिनेत्री नीता ढुंगानासहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन्। सो गीतको छायांकन सकिएसंगै फिल्मको पोखरा सेड्युल सकिएको छ। यो फिल्ममा सारा सिर्पाली शिर्ष भूमिकामा छन्।

फिल्मको बाँकी छायांकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोममा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए।
महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंहसंगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ।




No ads found for this position

डिसी नेपाल
Facebook Comment