साझा पार्टीले भक्तपुर १ (क) मा तोक्यो उम्मेदवार

डिसी नेपाल
१५ कार्तिक २०७६ ६:४२

भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ।

प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्काघातका कारण निधन भएपछि उक्त स्थान रिक्त रहेको थियो।

नेपाली काङ्ग्रेस भक्तपुरले सहमति जुटाउन नसकेपछि १० जनाको नाम सिफारिस गरेको छ भने नेकपामा आकाङ्क्षी १६ जना भएपछि सहमति जुटाउन सकेको छैन ।

अन्य दल पनि उम्मेदवार छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *