अमेरिकाले नेपालसहित ६ देशको टिपिएस अवधि बढायो

डिसी नेपाल
१६ कार्तिक २०७६ ६:४५

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) को म्याद पुनः एक वर्षका लागि बढाएको छ।

शुक्रबार एक सूचना सार्बजनिक गर्दै युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजले नेपालसहित ६ देशहरु एल साल्भाडोर, हैटी, निकारागुवा, सुडान, होण्डुरसको टिपिएस अवधि बढाएको हो ।

जसमा एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टिपिएस अविधि आगामी सन् २०२० जनवरी २ मा सकिँदै थियो भने होण्डुरसको जनवरी ५ तथा नेपालको मार्च २४ मा टिपिएस समाप्त हुँदै थियो ।

टिपिएस अवधि थपिएका ६ देशहरु

हाल अमेरिकाको संघीय अदालतमा यो टिपिएस समयावधी बढाईएका देशका तीन मुद्दा बिचाराधिन अवस्थामा छन् । क्यालिफोनिर्याको जिल्ला अदालतको प्रारम्भिक निर्णयको आधारमा डिएचएसले टिपिएसको अवधि बढाएको हो । अब बढाईएको टिपिएसको अवधीमा पहिलेकै रोजगार अनुमति-पत्र मान्य हुने पनि जारी सूचनामा जनाईएको छ ।

अदालतमा बिचाराधिन मुद्दा छिनोफानो भएपनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टिपिएसवाहकलाई अमेरिका छाड्न पुनः थप समय दिने छ। अब यस सम्बन्धी सूचना आगामी नोभेम्बर ४ तारिखमा फेडरल रजिस्टारमा प्रकाशित गर्ने जनाईएको छ।

अमेरिकाले नेपाललीलाई वि.स.२०७२ साल अर्थात २५ अप्रिल सन् २०१५ को (महाभूकम्प) गोरखा भूकम्पछि अमेरिकामा अस्थायी बसोवासका लागि टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) उपलब्ध गराउन थालेको हो ।

युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजको सूचना

https://www.uscis.gov/news/alerts/dhs-extends-tps-documentation-six-countries




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *