भोलि आइतबार सार्वजनिक विदा

डिसी नेपाल
१६ कार्तिक २०७६ १२:१८

काठमाडौं । तराईमा विशेष पर्वको रुपमा मनाईने छठ पर्वको अवसरमा सरकारले आईतबार सार्बजनिक विदा दिने भएको छ ।

प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कार्तिक १७ गते आइतबार (भोलि) सार्वजनिक विदा दिएको हो ।

शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ।

यसअघिका वर्षहरुमा संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँने गरेको थियो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारले ११ दिने विदाको सूची बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *