इंग्ल्याण्डको एमसीसी क्लवको क्रिकेट टोली नेपालमा

डिसी नेपाल
१६ कार्तिक २०७६ १५:०९

काठमाडौं। इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ ।

विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो । एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लवसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तरगत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *