खातुन मृत भेटिइन्

डिसी नेपाल
१६ कार्तिक २०७६ २२:१५

राजविराज। घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।

घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताए। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *