मैत्रीपूर्ण खेलका लागि बक्सिङ टोली चीन जाने

डिसी नेपाल
१६ कार्तिक २०७६ २२:३२

काठमाडौं। चीनमा मैत्रीपूर्ण प्रतियोगिता खेल्न नेपाली बक्सिङ टोली आइतबार चीन जाने भएको छ । ‘बी’ टिमका ५ पुरुष खेलाडी मैत्रीपूर्ण प्रतियोगिता खेल्न चीन जान लागेको हो । टोली चीनमा ५ दिन रहने छ ।

खेलाडीमा प्रदीप महर्जनले ४९ केजी, चन्द्रबहादुर थापा मगरले ५२ केजी, पुरन सुनुवारले ५६ केजी, विमल रोकाले ६० केजी र मनीष डंगोलले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा लालबहादुर पौडेल तथा डम्बरबहादुर लिम्बू रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *