वार्यन म्युनिखको लज्जासपद हार

डिसी नेपाल
१६ कार्तिक २०७६ २२:४५

बर्लिन (एजेन्सी) । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वार्यन म्युनिखले शनिबार लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा वार्यनलाई फ्रान्कफर्टले ५–१ गोलको फराकिलो अन्तरले पाखा लगायो।

घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन फिलिप कोस्टिक, दडिजब्रिल सो, डेभिड अब्राहम, मार्टिन हिन्टेरेगेर र गोन्सालो पासिन्सियाले एक एक गोल गरे ।

१० खेलाडीमा सिमित वार्यनका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा जेरोमी बोताङले रातो कार्ड पाउँदा वायर्न १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै वार्यनले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको वार्यनले १० खेलबाट १८ अंक जोडेको छ ।

फ्रान्कफर्ट १७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमण्डले वुल्फवर्गलाई ३–० ले हराएको छ ।

त्यस्तै वायर लिभरकुसेनलाई २–१ ले हराउँदै बोरुसिया मोन्चेनग्लाडवाच लिगको शीर्ष स्थानमा उक्लिएको छ । आरबी लिपजिगले मैन्जलाई ८० ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *