अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित – Dcnepal

अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस लिगमा बार्सिलोना पराजित भएको छ। अग्रता जोगाउन नसक्दा बार्सिलोनाले लेभान्टेसँग ३–१ गोल अन्तरको हार ब्यहोरेको हो ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सिजनको तेस्रो लिग हार ब्यहोर्न बाध्य भयो । खेलमा अग्रता भने बार्सिलोनाले ३८ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोलबाट लिएको थियो ।

तर ६१ औ मिनेटमा जोस कम्पानाले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काएका थिए । बेरजा मेयरालले ६३ औ मिनेटमा गोल गर्दै लेभान्टेलाई अघि बढाए । ६८ औ मिनेटमा निमन्जा राडोजाले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

जित सहित लेभान्टे १२ खेलबाट १७ अंक सहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको २२ अंक छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो