सिटीको जित

डिसी नेपाल
१७ कार्तिक २०७६ ६:२६

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित निकालेको छ। शनिबार राति घरेलु मैदान ईतिहाद स्टेडियममा सिटीले साउथह्याम्टनलाई २–१ गोल अन्तरले हराएको हो।

खेलमा अग्रता पाहुना टोली साउथह्याम्टनले १३ औ मिनेटमा जेम्स वार्डको गोलबाट लिएको थियो । पछिल्लो खेलमा लेस्टर सिटीसंग ९–० को पिडादायी हारलाई बिर्साउदै साउथह्याम्टनले बलियो टोली सिटीविरुद्व अग्रता लिएको थियो ।

सर्जियो अग्युरोले ७० औ मिनेटमा बराबरी गोल गरेका थिए । वाल्कर क्रसलाई सदुपयोग गर्दै अग्युरोले गोल गरेका हुन् । खेल सकिन चार मिनेट बाँकी छदाँ वाल्करले गोल गर्दै सिटीलाई घरेलु मैदानमा उत्कृष्ट पुनरागमन जित दिलाए ।

जितपछि सिटीले शीर्ष स्थानको लिभरपुलमाथि दबाब कायमै राखेको छ । सिटीको ११ खेलबाट २५ अंक छ । साउथह्याम्टन ८ अंक सहित रेलिगेशन जोनमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *