अन्तिम समयमा २ गोल गर्दै लिभरपुल विजयी

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:१८

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । भिल्लाको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्डी रोबर्टसन र साडियो मानेले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको २१ औं मिनेटमा ट्रेजेक्वेटले गोल गर्दै भिल्लालाई १–० को अग्रता दिलाएका थिए । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा भिल्लाले हार व्यहोरेको छ ।

रोबर्टसनले खेल सकिन ३ मिनेट बाँकी रहदा ८७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि इन्जुरी समयमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम रहेको छ । र, लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम राखेको छ । लिभरपुलले ११ खेलबाट ३१ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २५ अंक रहेको छ । पराजित भिल्ला ११ अंक जोडेर १६ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *