नेपाल भ्रमणमा रहेको एमसीसी टिमले आज यू–१९ टिमसँग खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टिमले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग एकदिवसीय खेल खेल्दैछ ।
नेपाल भ्रमणका लागि आएको एमसीसी र यू–१९ क्रिकेट टिमबीचको खेल टियु क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।
यू(१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि नेपाल र एमसीसीले टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।
एमसीसीसँगको खेल तालिकाः
३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर)
४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर)
६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी)
पोखरामा हुने खेलः
११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर)
१२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)
No ads found for this position


डिसी नेपाल
Facebook Comment