नेपाल भ्रमणमा रहेको एमसीसी टिमले आज यू–१९ टिमसँग खेल्दै

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:२६

काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टिमले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग एकदिवसीय खेल खेल्दैछ ।

नेपाल भ्रमणका लागि आएको एमसीसी र यू–१९ क्रिकेट टिमबीचको खेल टियु क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

यू(१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि नेपाल र एमसीसीले टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।

एमसीसीसँगको खेल तालिकाः

३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर)

४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर)

६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)

९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी)

पोखरामा हुने खेलः

११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर)
१२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *