साँघुरो जित निकाल्दै युभेन्ट्स शीर्ष स्थानमा

डिसी नेपाल
१७ कार्तिक २०७६ ७:३९

एजेन्सी । युभेन्ट्स सिरि ए फुटबलमा पुन शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा टुरिनोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

युभेन्ट्सका लागि एक मात्र गोल ७० औ मिनेटमा म्याथिज डी लिग्टले गरे । उनैको गोलमा युभेन्ट्सले तीन अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा पुनरागमन गर्यो । उनी यसै सिजन ६७ दशमलव ५ मिलियन पाउण्डमा सिरि ए क्लब आएका थिए ।

क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गोलका दुई सुन्दर अवसर गुमाएका थिए । तर गोन्जालो हिग्युनको पासमा डी लिग्टले युभेन्ट्सको खाता खोलेका थिए । शीर्ष स्थानको युभेन्ट्सले ११ खेलबाट २९ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग एक अंकको अग्रता लिएको छ ।

टुरिनो ११ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *