डर्टमन्डको सहज जित

डिसी नेपाल
१७ कार्तिक २०७६ १३:०१

एजेन्सी । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो ।

वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्‍यो । खेल सकिन दुई मिनेट बाँकी रहँदा मारियो गोट्जेले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई ३–० को प्रभावशाली जित दिलाए ।

जितसँगै डर्टमन्ड १९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २२ अंकसहित बोरुसिया मोन्चेग्लावाच शीर्षस्थानमा छ । पराजित वल्सवर्ग १७ अंक जोडेर सातौ स्थानमा छ ।बुन्डेस लिगाकै अर्को खेलमा बोरुसिया मोन्चेग्लावाचले बायर लिभरकुसेनलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । मोन्चेग्लावाचको १० खेलबाट २२ अंक छ । पराजित लिभरकुसेन १०औं स्थानमा छ ।

टिमो वेर्नरले ह्याट्रिक सहयोगमा आरवी लेइप्लिजले मेइन्जमाथि ८–० को फराकिलो जित हात पारेको छ । जितसँगै लेइप्लिज तेस्रो स्थानमा उक्लिएको छ । मेइन्ज ९ अंकसहित १४औं स्थनमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *