एमसीसीद्वारा नेपाललाई ३३५ रनको लक्ष्य

डिसी नेपाल
१७ कार्तिक २०७६ १३:४२

काठमाडौं । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू–१९ टोलीलाई जितका लागि ३३५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनायो ।

एमसीसीका ओपनर विल रोड्स र बिल्ली गोडलम्यानले इनिङको बलियो सुरुवात गरे । उनीहरुले १० ओभरको पावरप्लेमै ७० रन बनाए । उनीहरुले पहिलो विकेटको लागि ११० रनको साझेदारी गरे । इङल्याण्डको यू–१९ टिमका पूर्वकप्तान रोड्सले शेर मल्लको बलमा अरुण ऐरीको हातबाट क्याच आउट हुनुअघि ९३ रन बनाए । २२ रन बनाएका गोडलम्यान सागर ढकालको एलबीडब्लुमा परे ।

कप्तान जिम्मी आडम्स शून्यमै आउट भए पनि टम वेस्टली र विल वान्डर्सपारले चौथो विकेटका लागि ८३ रनको साझेदारी गरे । वेस्टलीले ६५ रन र वान्डर्सपारले २४ रन बनाए । मिल्स हमोन्डले तुफानी ५९ रन बनाए । एड योंगले डेथ ओभरमा ठूला सट खेलेर ४५ रन बनाएपछि एमसीसी ३३४ रनको स्कोरमा पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *