३३५ रनको लक्ष्य पच्छ्याएको नेपाल यु–१९ को तुफानी ब्याटिङ, ६ ओभरमै ५० रन

डिसी नेपाल
१७ कार्तिक २०७६ १४:०५

काठमाडौं । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध विशाल लक्ष्य पच्छ्याएको नेपाली अण्डर १९ टिमले तुफानी सुरुवात गरेको छ । नेपालले सुरुवाती ६ ओभरमै ५० रन बनाएको छ । यो भनेको ८ भन्दा माथिको रनरेट हो ।

नेपालका लागि लोकेश बमले तुफानी खेल्न सुरु गरेका थिए । उनले तेस्रो ओभरमै पाकिस्तानबाट टेस्ट खेलिसकेका बलर यासिर अराफातको बलमा ४ वटा चौका हानेका थिए । यद्यपि उनी त्यसपछि आउट भए ।

बम आउट भएपछि खडक बोहोरा क्रिजमा आए तर अर्का ओपनर रित गौतमले तुफानी खेल्न सुरु गरे । ६ ओभरको खेल सकिँदा गौतम २३ रनमा नटआउट खेदिलरहेका छन् र उनलाई ३ रन बनाएका खडक बोहोराले साथ दिइरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो । एमसीसीका ओपनर विल रोड्स र बिल्ली गोडलम्यानले इनिङको बलियो सुरुवात गरे । उनीहरुले १० ओभरको पावरप्लेमै ७० रन बनाए ।

उनीहरुले पहिलो विकेटको लागि ११० रनको साझेदारी गरे । इङल्याण्डको यू–१९ टिमका पूवृकप्तान रोड्सले शेर मल्लको बलमा अरुण ऐरीको हातबाट क्याच आउट हुनुअघि ९३ रन बनाए । २२ रन बनाएका गोडलम्यान सागर ढकालको एलबीडब्लुमा परे ।

कप्तान जिम्मी आडम्स शून्यमै आउट भए पनि टम वेस्टली र विल वान्डर्सपारले चौथो विकेटका लागि ८३ रनको साझेदारी गरे । वेस्टलीले ६५ रन र वान्डर्सपारले २४ रन बनाए । मिल्स हमोन्डले तुफानी ५९ रन बनाए । एड योंगले डेथ ओभरमा ठूला सट खेलेर ४५ रन बनाएपछि एमसीसी ३३४ रनको स्कोरमा पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *