भीटेनभन्दा सयौं गुणा खतरा भीटीएम, उनलाई पक्रन के गरिरहेको छ प्रहरी ?

डिसी नेपाल
१७ कार्तिक २०७६ १५:१८

काठमाडौं। केही दिनअघि प्रहरीले र्यापर भीटेन तथा गायक र मोडल दुर्गेश थापालाई अभद्र शब्दमा गीत गाएको भन्दै पक्राउ गर्यो । उनीहरुलाई फेरि यस्तो नगर्ने शर्तमा छाडियो । तर, उनीहरुलाई पक्राउ गरी सार्वजनिक रुपमा माफी माग्न लगाइरहँदा प्रहरीलाई उनीहरुभन्दा सयौं गुणा अभद्रमात्र होइन अश्लील नै शब्द प्रयोग गरी र्याप गाउने अर्का नेपाली र्यापरबारे पत्तै थिएन ।

ती र्यापर हुन् भीटीएम । भीटेनलाई पक्राउ गरेको खबर सार्वजनिक भएसँगै भीटीएमबारे थाहा भएकाहरुले उनलाई किन पक्राउ नगरेको ? भन्दै प्रहरीलाई भनेपछि अहिले बल्ल प्रहरीले भीटीएमबारे जानकारी पाएको छ । गुनासो आएपछि प्रहरीले युट्युबमा भीटीएमका भिडियो खोजेर हेरेको थियो । त्यसपछि मात्र उनीबारे थाहा भएपछि प्रहरीले अहिले उनलाई खोजिरहेको छ । भीटीएमका गीतमा अरुका अगाडि सुन्नै नसकिने खालका छाडा शब्द छन् ।

प्रहरीलाई अहिलेसम्म भीटीएम वास्तवमा को हुन र कहाँबाट संचालित छन् भन्ने जानकारी छैन । भीटेनले एक खालको प्रसिद्धि कमाएको लोभमा भीटीएमले पनि यस्तो हर्कत गरेको अनुमान प्रहरीले लगाएको छ । भीटेन पक्राउको विषयमा सबैले विरोध गरेपनि एउटा संस्कारको विकास गर्न मात्र पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । उनलाई पक्राउ गरेपछि अरुले पनि यस्तै नगरोस भन्ने सन्देस दिन चाहेको बताएको र वाक स्वतन्त्रता भन्दैमा जे पायो त्यही गाउन पाइन्न, समाजमा छाडा प्रवृत्तिलाई प्रश्रय दिनुहुँदैन भन्न चाहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *