१३औं संस्करणकाे इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने

डिसी नेपाल
१७ कार्तिक २०७६ १९:१८

काठमाडौँ। १३औं संस्करणको इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता अमेरिकाकाे मिचिगनमा हुने भएकाे छ । ज्योति एभरेष्ट तेक्वान्दाेकाे आयोजनामा  सन् २०२० मे १ र २ तारिखमा इस्टर्न मिचिगन युनिभर्सिटीमा उक्त प्रतियाेगिता हुने पक्का भएकाे हाे

इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दाे प्रतियाेगिता(आईओएफटिसी) ले यस्ताे खालकाे प्रतियाेगिता प्रत्येक दुई वर्षमा पालैपालो (एकपटक अमेरिका र अर्काेपटक अमेरिका बाहिर) गर्दै आएकाे छ । जसअनुसार आईओएफटिसीले आफ्नाे प्रमुख कार्यालय रहेकाे पाेर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार, भारत, बेलायत र हङकङमा एक-एक गरि बाह्रवटा संस्करणहरू  सफलतापूर्वक सम्पन्न गरिसकेकाे छ।

मिचिगनमा हुने उक्त प्रतियोगितामा नेपालसहित अमेरिका, हङकङ, फिलिपिन्स, अस्ट्रेलिया, क्यानडा, भारत, चिन, पाकिस्तान लगायतका विभिन्न मुलुकका करिब सातसयभन्दा बढी खेलाडीहरू सहभागि हुने आयाेजकले जानकारी गराएको छ । नेपालबाट भने साेही प्रतियाेगिताका लागि गत कार्तिक १ र २ गते चितवनकाे रत्ननगरमा आयाेजित तेस्राे खुल्ला  रत्ननगर तेक्वान्दाे प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीहरु छनोट भएका छन् । सितापाईला तेक्वान्दाे डाेजाङका शैलेश राज गिरी, कोटेश्वर तेक्वान्दाे डाेजाङका रञ्जित साउद, मैत्री तेक्वान्दाे डाेजाङका दिनेश सुनार, सितापाईला तेक्वान्दाे डाेजाङकी आयशा तामाङ र  काेटेश्वर तेक्वान्दाे डाेजाङकी सुस्मिता मोक्तान छनाेट भएका हुन् ।

एक कराेड बीस लाख कुल बजेट भएकाे उक्त प्रतियाेगितामा जम्मा ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयाेजकले बताएकाे छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *