पुलिस क्लब क्वाटरफाइनलमा

डिसी नेपाल
१७ कार्तिक २०७६ २३:२२

कन्काइ । झापाको डोमलाल राजवंशी रङ्गशालामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ।

झापा–११ एफसीलाई २–१ गोलले हराउँदै पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको हो। पुलिस क्बलका लागि सुमन लामा र सौजन याख्खाले गोल गरेका हुन्।

यस्तै झापा–११ का लागि कप्तान योगेश गुरुङले गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा झापा–११ ले पुलिसमाथि दबाब सिर्जना गरेको थियो । खेलको ‘म्यान अफ दी म्याच’ पुलिस क्लबका सौजन याख्खा भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी छन् । सोमबार भारत सिक्किमको टोली र मोरङको बेलबारी एफसीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु १२ लाख ५० हजार र उपविजेताले रु छ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *