ला लिगामा रियल भालाडोलिड विजयी, मालोर्का ३ गोलको पराजित

डिसी नेपाल
१८ कार्तिक २०७६ ७:३८

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल भालाडोलिड विजयी भएको छ।

आइतबार (हिजो) राति भएको खेलमा भालाडोलिडले मालोर्कालाई ३–० गोलले हराउँदै विजयी बनेको हो ।

भालाडोलिडका खेलाडीहरु जोक्विन फर्नांडीज मोरेनो, एन्स युनल र सैंड्रो रामिरेज़ कैस्टिलोले एक एक गोल गरेका थिए।

मालोर्कालाई ३–० ले हराएर तीन अंक जोडेको भालाडोलिड १७ अंकसहित तालिकाको १० औँ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *