एमसीसीविरुद्ध नेपालले टस हारेर बलिङ गर्दै

डिसी नेपाल
१८ कार्तिक २०७६ १०:२६

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदानमा एमसीसीविरुद्ध नेपाली टिमले सुरुवातमा बलिङ गरिरहेको छ । एमसीसीले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसअघि एमसीसीसँग नेपाली यू १९ टिमले खेलेको थियो । हिजोको खेलमा नेपाली युवा टोलीले पराजयका बावजुद सम्मानजनक स्कोर बनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । आजको एकदिवसीय पछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *