बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन

डिसी नेपाल
१८ कार्तिक २०७६ १२:१८

बझाङ । बझाङमा हाइड्रोपावरको सुरुङभित्र ४ जना मजदुर थुनिएका छन् । बुंगल नगरपालिका–१ मा रहेको कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किएपछि उनीहरु भित्रै थुनिएका हुन् । सुरुङभित्र ६ जना मजदुर पसेको भए पनि २ जना मजदुर भने भत्किन लाग्दा तत्कालै बाहिर निस्कन सफल भएका थिए । ४ जना भने भित्रै थुनिएका हुन् ।

आइतबार दिउँसो करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए । त्यतिबेलादेखि भित्रै थुनिएका उनीहरु अहिलेसम्म सम्पर्कमा नआएको बझाङका डिएसपी गणेशबहादुर बमले जानकारी दिए । बमका अनुसार उद्धारका लागि काठमाडौंबाट टोली बोलाइएको छ । उनीहरुको स्थिति के छ भन्ने अहिलेसम्म कुनै जानकारी छैन ।

सम्पर्कविहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् । घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् । काठमाडौंबाट गएको उद्धार टोलीले पनि अहिले घटनास्थलमा उनीहरुको उद्दारको प्रयास गरिरहेको छ ।

सुरुङ भत्किएकाले समस्या भइरहेको बताइएको छ । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ आठ सय मिटर लामो छ । पाँच बर्षदेखि निर्माण भईरहेकोे सानीगाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको तीन ठाउँमा संरचना निर्माण भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *