एमसीसी ३९ ओभरमै अलआउट, नेपाललाई जीतको लागि २०२ रनको लक्ष्य

डिसी नेपाल
१८ कार्तिक २०७६ १२:३५

काठमाडौं। मेरिलेबोन क्रिकेट क्लवका पछिल्लो क्रममा ब्याट्सम्यानलाई कसिलो बलिङले सस्तैमा आउट गरेपछि नेपालले एमसीसीलाई २०१ रनमै रोकेको छ । ओपनरले बलियो साझेदारी गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसकेपछि एमसीसी ३९ ओभरमै अलआउट भएको हो ।

एमसीसीका बिली गोडलेम्यान र विली रोड्सले बलियो ओपनिङ गरेका थिए । गोडलेम्यानले ५२ रन बनाए । उनलाई पवन शर्राफले आउट गर्दै नेपाललाई पहिलो ब्रेकथ्रु दिलाएका थिए । अर्का ओपनर विली रोड्सले पनि ५४ रन बनाए । एमसीसीका लागि टम वेस्टलीले १०, विल वान्डर्सपारले ३६ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए । करण केसी र अविनाश बोहोराले १–१ विकेट लिए । नेपालले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *