सांसद आलम विरुद्ध कर्तव्य ज्यानसहित तीन अभियोगमा मुद्दा दर्ता, जन्मकैदको माग

डिसी नेपाल
१८ कार्तिक २०७६ १५:३४

काठमाडौं । सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा जन्मकैदको कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको हो ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । एक जनालाई भने मतियार भन्दै मुद्दा चलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *