एमसीसीविरुद्ध नेपालको शानदार जीत

डिसी नेपाल
१८ कार्तिक २०७६ १५:४५

काठमाडौं। लिगेसी टुर अन्तर्गत नेपाल आएको मेरिलेबोन क्रिकेट टिमविरुद्ध नेपालको राष्ट्रिय टिमले शानदार जीत निकालेको छ । नेपालले एमसीसीलाई ७५ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २०२ रनको लक्ष्य पच्छ्याएको नेपालले ३७.३ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ ।

नेपालको लागि विनोद भण्डारीले अविजित ५२ रन बनाए । उनले छक्का हान्दै नेपालको जीत सुनिश्चित गरेका थिए । पवन सर्राफले ३८ रन बनाए । यस्तै शरद भेषवकरले २४, दिपेन्द्र सिंह ऐरीले २३, आरिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १० र इशान पाण्डेले ४ रन बनाए ।

यसअघि मेरिलेबोन क्रिकेट क्लवका पछिल्लो क्रममा ब्याट्सम्यानलाई कसिलो बलिङले सस्तैमा आउट गरेपछि नेपालले एमसीसीलाई २०१ रनमै रोकेको थियो । ओपनरले बलियो साझेदारी गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसकेपछि एमसीसी ३९ ओभरमै अलआउट भएको थियो ।

एमसीसीका बिली गोडलेम्यान र विली रोड्सले बलियो ओपनिङ गरेका थिए । गोडलेम्यानले ५२ रन बनाए । उनलाई पवन शर्राफले आउट गर्दै नेपाललाई पहिलो ब्रेकथ्रु दिलाएका थिए । अर्का ओपनर विली रोड्सले पनि ५४ रन बनाए । एमसीसीका लागि टम वेस्टलीले १०, विल वान्डर्सपारले ३६ रन बनाए । नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए । करण केसी र अविनाश बोहोराले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *