जेलमा बस्नुपर्ने भएपछि टाउको निहुराउँदै अदालतबाट निस्किए महरा (फोटोफिचर)

डिसी नेपाल
१८ कार्तिक २०७६ १७:५१

काठमाडौं। जबरजस्ती करणी प्रयास अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले महरालाई आज पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी प्रयास अभियोगमा मुद्दा दायर गरेको थियो।

 

 

मुद्दामा महराले शुक्रबार बयान दिएपछि आइतबार र सोमबार थुनछेकको बहस भएको थियो।

थुनछेकको बहसपछि सोमबार अदालतले महरालाई पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *