तस्वीरमा हेर्नुहोस एमसीसीमाथि नेपालको शानदार जित

डिसी नेपाल
१८ कार्तिक २०७६ १८:१४

काठमाडौं। लिगेसी टुर अन्तर्गत नेपाल आएको मेरिलेबोन क्रिकेट टिमविरुद्ध नेपालको राष्ट्रिय टिमले शानदार जीत निकालेको छ। नेपालले एमसीसीलाई ७५ बल बाँकी छँदै ५ विकेटले पराजित गरेको हो। एमसीसीले दिएको २०२ रनको लक्ष्य पच्छ्याएको नेपालले ३७.३ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ।

नेपालको लागि विनोद भण्डारीले अविजित ५२ रन बनाए। उनले छक्का हान्दै नेपालको जीत सुनिश्चित गरेका थिए। पवन सर्राफले ३८ रन बनाए। यस्तै शरद भेषवकरले २४, दिपेन्द्र सिंह ऐरीले २३, आरिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १० र इशान पाण्डेले ४ रन बनाए।

 

 

यसअघि मेरिलेबोन क्रिकेट क्लवका पछिल्लो क्रममा ब्याट्सम्यानलाई कसिलो बलिङले सस्तैमा आउट गरेपछि नेपालले एमसीसीलाई २०१ रनमै रोकेको थियो। ओपनरले बलियो साझेदारी गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसकेपछि एमसीसी ३९ ओभरमै अलआउट भएको थियो।

एमसीसीका बिली गोडलेम्यान र विली रोड्सले बलियो ओपनिङ गरेका थिए। गोडलेम्यानले ५२ रन बनाए। उनलाई पवन शर्राफले आउट गर्दै नेपाललाई पहिलो ब्रेकथ्रु दिलाएका थिए। अर्का ओपनर विली रोड्सले पनि ५४ रन बनाए। एमसीसीका लागि टम वेस्टलीले १०, विल वान्डर्सपारले ३६ रन बनाए। नेपालका लागि ललित राजवंशी र पवन शर्राफले ४–४ विकेट लिए। करण केसी र अविनाश बोहोराले १–१ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *