लिटल फ्लावर क्वाटर फाइनलमा

डिसी नेपाल
१८ कार्तिक २०७६ १८:१३

धनगढी । लिटल फ्लावर स्कुल चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो ।

जितसँगै समूह ’ए’ को लिटल फ्लावर समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । अब यस समूहमा त्रिनगर र लिटल वुद्ध एकेडेमीबीचको विजेताले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको लिटिल बुद्धले १८ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो । लिटिल बुद्धका लागि विशाल ऐरले २८ र राजेश ऐरले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । लिटल फ्लावरका लागि महेश अधिकारीले ३ विकेट लिए । लिटिल बुद्धले दिएको ९९ रनको लक्ष्य लिटल फ्लावरले ११ ओभर १ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो ।

लिटल फ्लावरको जितमा सुवोध ऐरले अर्धशतक प्रहार गरे । ३४ वलको सामना गरेका सुवोध ५ चौका र ३ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । यस्तै विपिन रावलले १६ र नरेन भट्टले अविजित १५ रन जोडे । लिटिल बुद्दका लागि शुभम बमले १ विकेट लिए । सोमबार नै भएको पहिलो खेलमा जित हात पार्दै भक्तपुर निष्ट स्कुल क्वाटरफाइनल नजिक पुगेको छ । भक्तपुर निष्टले सरस्वती नमुना माविलाई ९ विकेटले हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुग्ने सम्भावना जिवित राखेको हो ।

टस हारेर पहिले व्याटिङ गर्दै सरस्वती नमुना माविले २० ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो । उसका लागि अमन महराले १८ रन र सन्तोष चन्दले ११ रन बनाए । भक्तपुर निष्टका लागि डब्लु मल्लिक र सोहन यादवले ३र३ विकेट लिए ।

सरस्वतीले दिएको ८७ रनको लक्ष्य भक्तपुर निष्टले ११ ओभर ४ बलमा अम्त्र १ विकेट गुमाएर पुरा गर्यो । भक्तपुर निष्टका लागि दुर्गेश थापाले अविजित ४६ रन बनाए । सरस्वतीका अनुप कुँवरले १ विकेट लिए ।

प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *