ड्रग्स ओसारपसार गरेको आरोपमा नेदरल्याण्ड्सकी खेलाडीलाई साढे आठ वर्ष जेल

डिसी नेपाल
१९ कार्तिक २०७६ ८:२२

एजेन्सी । नेदरल्याण्ड्सकी ओलम्पियन माडिया गाफुरलाई लागु ओषधको अबैध ओसार पसार र कारोबारमा संलग्न भएको पाएपछि साँढे आठ वर्ष जेल सजाय भएको छ।

रियो ओलम्पिकमा चार गुणा चार सय मिटरमा सहभागिता जनाएकी गाफुर जर्मनीमा सिमाना सुरक्षा जाँचका क्रममा पक्राउ परेकी थिइन् । उनको गाडीमा २० लाख पाउण्ड बराबरको ड्रग्स लुकाई राखेको अवस्थामा भेटिएको थियो ।

उनीसँग ५० केजी ट्याबलेट, दुई केजी क्रिष्टल मेथ र झण्डै १२ हजार युरो बरामद गरिएको थियो । डच एथलेटिक्स युनियनले भने यो निर्णय प्रति आश्चर्यता प्रकट गरेको छ ।

गाफुरले यस्तो गर्न नसक्ने युनियनले दाबी गरेको छ । डच एथलेटिक्स युनियनले भनेको छ, ‘हामी डोपिङ र ड्रग्सको प्रयोगको पूर्ण रुपमा विरोध गर्दै आएका छौं । डच डोपिङ कानुन प्रति पनि हामी प्रतिबद्ध छौं ।’

आफू निर्दोष रहेको बताउने गुफरले केल्भ जिल्ला अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइएको छ । उनले आफ्नो गाडीमा भएको सामान के हो भन्ने आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् । सामान दिनेको बारेमा पनि उनले बताउन चाहिनन् । साथी–भाई र परिवारलाई खतरा हुन सक्ने भन्दै उनले आफूलाई सामान दिने ब्यक्तिको नाम उल्लेख गर्न नसक्ने बताइन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *