इंग्ल्याण्डलाई १८१ रनको लक्ष्य

डिसी नेपाल
१९ कार्तिक २०७६ ८:३२

एजेन्सी । न्यूजिल्याण्डको भ्रमणमा रहेको इंग्ल्याण्डले आज तेस्रो टी–२० खेलिरहेको छ। नेल्सनमा भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई १८१ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो। न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र कोलिन डि ग्राण्डहोमले विस्फोटम पारी खेले। गप्टिलले १७ बलमा ७ चौका प्रहार गर्दै ३७ रन बनाए। यस्तै ग्राण्डहोमले अर्धसतकिय पारी खेले । उनले ३५ बलामा ५ चौका र ३ छक्का प्रहार गर्दैै ५५ रन बनाए। रस टेलर २७ तथा जिमी निशामले २० रन बनाए।

इंग्ल्याण्डका टम कुरनले २ विकेट लिए। ५ खेलको टी–२० सिरिजमा १–१ को बराबरी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *