सनलाई दिएको रातो कार्ड सच्याउन टोटेनहमको अपिल

डिसी नेपाल
१९ कार्तिक २०७६ ९:४६

एजेन्सी । टोटेनहमले मिडफिल्डर सन ह्युङ मिनले पाएको रातो कार्डको बिषयमा अपिल गरेको छ । प्रिमियर लिग फुटबलमा आईतबार सनको ट्याकलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेजले चोट बोकेका थिए ।

खुट्टा भाँचिएसंगै गोमेजको सोमबारनै शल्यक्रिया गरिएको छ । गुडसिन पार्कमा गोमेजलाई गम्भिर चोट लागेपछि सन निकै चिन्तित देखिएका थिए । रेफ्री मार्टिन एटकिनसनले सुरुमा पहेलो कार्ड हुँदै रातो कार्ड देखाएर सनलाई मैदान बाहिर पठाएका थिए ।

टिभी रिप्लेमा सनको ट्याकल पछि डिफेन्डर सर्जि अउरियरसँग ठोक्किएपछि गोमेज घाइते भएको देखिएको छ । रेफ्री एट्किन्सनको निर्णयमा समर्थन गर्दै प्रिमियर लिगले भनेको छ, ‘यो रातो कार्ड खेलको अवस्थालाई हेरेर खेलाडीको सुरक्षाका लागि दिइएको हो ।’

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले आफ्ना फरवार्डको गोमेजलाई घाईते बनाउने कुनै सोच नभएको बताएका छन् । ‘यो स्पष्ट छ कि समस्या सिर्जना गर्ने सनको कुनै मनसाय छैन । उनले रातो कार्ड खानु नसोचिएको बिषय हो ।’ उनले भनेका छन् ।

यदी अपिल असफल भएका सनले प्रिमियर लिगमा सेफिल्ड युनाईटेड, वेस्ट ह्याम र वर्नेमाउथविरुद्वको खेल गुमाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *