युएई भ्रमणमा नायिका करिश्मा मानन्धर र नायक रमेश उप्रेती

डिसी नेपाल
१९ कार्तिक २०७६ १०:४३

युएई । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर र नायक रमेश उप्रेती सपरिवार युएईको भ्रमण रहेका छन्।

पाँच दिने भ्रमणको लागि विहीबार दिउँसो १ बजे दुबई आएका कलाकारहरू युएईका मुख्य पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको यात्रा सहजीकरण गरिरहेका नेपाली व्यावसायी ओम उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार शुक्रबार इनास युएईको एक रिसेप्सनमा बरदुबईको एभरेष्ट क्लब एन्ड बारमा दिउँसो कलाकारहरू भाग लिएका छन् भने शुक्रबार अपरान्हतिर कलाकारहरूको टोली डेजर्ट सफारी गएका छन्।

शनिबार अबुधाबीका मुख्य पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण कलाकार टोलीले गर्नेछ भने बाँकी दिनहरूमा रस अल खेमा र अलएनको भ्रमण गर्ने तालिका रहेको छ।

भ्रमणटोलीमा नायिका करिस्मा मानन्धर, निर्माता तथा निर्देशक विनोद मानन्धर, छोरी कविता र उनकी साथी चन्दन साथै नायक रमेश उप्रेतीको साथमा उनकी श्रीमती किरन उप्रेती पनि सहभागी छन्।

युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उद्देश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले बताइन् ।

नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि यहाँको हरेक कुराले लोभ्याउने गरेका कारण पुनः युएई आएको बताए।

भ्रमणमा निर्माता विनोद मानन्धर पनि सहभागी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *