आज (बिहीबार) बढ्यो सुनको भाउ, चाँदीको पनि उच्च

डिसी नेपाल
२१ कार्तिक २०७६ ११:२२

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ बिहीबार (आज) भने उकालो लागेको छ । बुधबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि आइतबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय, सोमबार ७१ हजार, मंगलबार ७० हजार ८ सय तथा बुधबार ७० हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउपनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

बुधबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *