नेपालको नक्सामा नयाँ दिल्ली !

डिसी नेपाल
२१ कार्तिक २०७६ ११:३८

काठमाडौं। नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको विरोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।

यो नक्साको फोटोबारे गुगलमा ‘रिभर्स सर्च’ गर्दा यो नक्सा मनिष नामको ट्वीटर ह्याण्डलबाट अपलोड भएको देखिएको छ । बुधबार दिउँसो अपलोड भएको यो नक्सा रातारात भाइरल भएको हो । भारतले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको विरोध सुरु भएपछि अहिले ट्वीटरमा ह्याशट्याग ब्याकअफ इण्डिया १ नम्बरमा ट्रेण्ड गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *