एमसीसी भर्सेस नेपाल : ब्याटिंग नचल्दा नेपाल संकटमा

डिसी नेपाल
२१ कार्तिक २०७६ १८:०६

काठमाडौं। कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र बेलायतको मेरिबेलन क्रिकेट क्लब (एमसीसी)बीच जारी प्रथम श्रेणी क्रिकेटमा नेपाल संकटमा परेको छ।

बिहीबार दोस्रो दिनको खेल सकिँदा पहिलो इनिंगमा ३६४ रनको विशाल योगफल तयार पारेको एमसीसीले दोस्रो इनिंगमा ९१ रन बनाउँदा २ विकेट गुमाएको छ।

एमसीसीका ४ खेलाडीले पहिलो इनिंगमा अर्धशतक बनाएपछि उसले बलियो स्कोर बनाएको थियो। बिहीबार ३३४ रनमा ६ विकेट गुमाएको अवस्थाबाट खेल शुरु गरेको एमसीसीले थप ३० रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो। बिहानी सत्रमा करण केसी र सन्दीप लामिछानेले घातक बलिंग गरेपछि नेपालले उसलाई ३६४ रनमा अलआउट गरेको थियो।

त्यसपछि आफ्नो पहिलो इनिंग शुरु गरेको नेपालले खराब ब्याटिंग गर्यो। नेपालले पहिलो इनिंगमा मात्र १५३ रन बनाउन सक्यो। कप्तान ज्ञानेन्द्र मल्ल गोल्डेन डक आउट हुँदा अन्य ब्याट्सम्यान पनि चल्न सकेनन्। नेपालका लागि सन्दीप लामिछाने, विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

सर्वाधिक रन बनाएका सन्दीपले नटआउट ३८ रन बनाए। यस्तै भण्डारीले ३६ रन बनाए भने सोमपालले २६ रन बनाए।

फ्लोअनमा परेको नेपाललाई पाहुना टिमले फ्लोअन नखेलाएर आफ्नै इनिंग शुरु गरेको थियो। बिहीबार दोस्रो दिनको खेल सकिँदा उसले ९१ रन बनाएको छ। नेपालका लागि ललित राजवंशी र पवन सर्राफले एक एक विकेट लिएका छन्। एमसीसी समग्रमा ३०१ रनले अगाडि छ। उसले शुक्रबार अन्तिम दिन ९१–२ को अवस्थाबाट खेल्न शुरु गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *