नेपाल–ईयू बैठकः ईयूले ६३ मिलियन यूरो सहयोग गर्ने

डिसी नेपाल
२२ कार्तिक २०७६ २१:४२

काठमाडौं। नेपाल र यूरोपेली यूनियन (ईयू)को सँयुक्त आयोगको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। आयोगको ११ औं बैठकमा दुबै पक्षले जलवायु परिवर्तनले पारेका असरविरुद्ध लड्ने साझा विन्दु पहिल्याउनुपर्नेमा जोड दिएका छन्।

बैठकपछि जारी सँयुक्त स्टेटमेन्टमा नेपाल र ईयूले जलवायु परिवर्तनले पारेका असरबारे विशेष जोड दिइएको छ। ईयूले पेरिस सम्झौताअनुसार काम गर्नुपर्ने बताएको छ भने सगरमाथा संवादको आयोजना गर्नु नेपालका लागि जलवायु परिवर्तनबारे विश्वजगतलाई सचेत पार्न उपयुक्त कदम भनिएको छ।

बैठकमा ईयू प्रतिनिधिले ईयूको हालै भएको इयू संसदीय चुनाव र त्यसपछि बनेको नयाँ नेतृत्वबारे नेपाली पक्षलाई जानकारी गराएको थियो। इयूको नयाँ नेतृत्वका प्रथामिकताबारे पनि नेपाललाई जानकारी गराइएको सँयुक्त स्टेटमेन्टमा उल्लेख छ।

यस्तै ईयूले नेपालको शान्ति प्रक्रिया र चुनावपछि स्थापना भएको राजनीतिक स्थिरताको पनि प्रशंसा गरेको छ। उसले नेपालले मानवअधिकार र लोकतन्त्रका लागि गरेका प्रयास पनि राम्रो भएको जनाएको छ। लोकतान्त्रिक संयन्त्रलाई बलियो बनाइएकोमा उसले सन्तोश व्यक्त गरेको छ।

यस्तै नेपालले शान्ति र समृद्धिको नाराअनुसार सरकारले नीति र कार्यक्रमहरु बनाएको र सोहीअनुसार संयन्त्रहरु पनि विकास गरिएको ईयूलाई जानकारी गराएको छ।

नेपालको शान्ति र समृद्धिमा इयूले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका छ। नेपालमा लगानीको वातावरण बनेको भन्दै नेपालले यूरोपेली लगानीकर्ताहरुलाई नेपालमा स्वागत गर्न नेपाल सरकार तयार रहेको बताएको छ।

ईयूले नेपालमा माानवअधिकार, अशलशासन, शिक्षा, क्षमता विकास, वातावण, पोषण, कनेक्टिभिटीलगायतका क्षेत्रमा सहयोग गर्ने जनाएको छ।

नेपाल र ईयूबीच विभिन्न परियोजनाका लागि सहयोग गर्ने सम्बन्धि सहमति पनि भएको छ। ट्रेड एन्ढ फाइनान्सिंग एग्रीमेन्टअनुसार कफी र पस्मिनाका लागि ईयूले ८ मिलियन यूरो सहयोग गर्ने सहमति गरेको छ। यस्तै बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि २२ मिलियन यूरो र प्रदेश र स्थानीय शासन सहयोग कार्यक्रमका लागि ३३ मिलियन यूरो बराबर सहयोग गर्ने जनाएको छ।

दुबै पक्षबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति पनि भएको छ। यूरोपेली बजारमा नेपालको व्यापार बढाउनका लागि क्षमता विकास पनि सहयोग गर्न ईयू तयार रहेको जनाइएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकारदास बैरागीले गरेका थिए भने ईयूको नेतृत्व यूरोपेली यूनियनकी उपमहाप्रबन्धक पाओला पामपालोनीले गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *