सोसियडाडमाथि रियल म्याड्रिड विजयी

डिसी नेपाल
१५ वैशाख २०८१ ९:२२

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।

त्यसैगरी एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *