आइपिएलमा आज दुई खेल हुँदै

डिसी नेपाल
१५ वैशाख २०८१ ८:१२

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुँदैछ। दिल्लीमा हुने यो खेल अपरान्ह ३: ४५ बजेदेखि सुरु हुने छ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ। दिल्ली क्यापिटल्स अहिले ८ अंकसहित छैटौं स्थानमा छ।

त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ। मुम्बई इण्डियन्स ६ अंकसहित आठौँ स्थानमा रहेको छ।

त्यसैगरी आज दोस्रो खेल लखनउ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन्। लखनउमा हुने यो खेल आज राति ७: ४५ बजेदेखि सुरु हुँदै छ।

जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ। लखनउ अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अंकसहित राजस्थान अहिले शिर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *