टुँडिखेल जोगाउन बाबुराम भट्टराईदेखि रवि लामिछानेसम्म सडकमा (फोटोफिचर)

डिसी नेपाल
२३ कार्तिक २०७६ १२:१६

काठमाडौं। काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ।

शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

 

 

भुकम्प पछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामञ्चको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाई प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुदै आएको छ।

यसरी खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन्।

 

 

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो।

 

 

खुलामञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ। खुलामञ्चमा बीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ।

यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्मा राखिएको छ त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *